Government of Nepal

Authorized Union of Civil Service Employees Nepal

Singhadurbar,Kathmandu

Background

कुनै पनि देशको निजामती सेवा राष्ट्रको दर्पण हो । स्थायी सरकारको बिशेषता बोकेको यस सेवाको मूख्य लक्ष्य राष्ट्र हित (सेवा) हो ।निजामती सेवामा संगठित हुने अधिकारको बैधानिक सुरुवाती 2007 माघ 4 गते न्यून बैतनिक कर्मचारी संघ नामक संस्था बाट भएको पाईन्छ । बि.स. 1983 सालमा सुब्बा कृष्णलाल अधिकारी बाट लिखित मकैको खेती नामक पुस्तक र एकादशि सभाको कदमबाट राजनैतीक सुधारबाट राष्ट्रको सार्बजनिक प्रशासनमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सकिने अबधारणा रहेको पाईन्छ ।लामो समयपछि बि.स. 2046/47 सालको प्रजातान्त्रिक आन्दोलनबाट बहुदलिय ब्यबस्थाको पुनःस्थापना सँगसँगै नेपाल निजामती कर्मचारी संगठन नामक पहिलो संस्था निजामती सेवामा स्थापना भयो । तत्पश्चात नेपाल निजामती कर्मचारी संघ हुदै 7/8 बटा ट्रेड  यूनियनको नाममा संस्थाहरु स्थापना हुदै गए । निजामती सेवा ऐन ,2049 को दफा 53 र निजामती सेवा नियमाबली ,2050 को नियम 117(क) ले गरेको ब्यबस्था अनुसार बि.स. 2073 19 गते ऐतिहासिक रुपमा पहिलो पटक निजामती सेवामा आधिकारिक ट्रेड  यूनियनको निर्वाचन सम्पन्न भई गठन भएको छ । केन्द्रीय ,जिल्ला , बिभागीय कार्य समितिहरु समानुपातिक ढँगबाट प्रतिनिधित्वका आधारमा गठन हुने ब्यबस्था छ । केन्द्रीय कार्य समितिको पहिलो अध्यक्षमा पुण्य प्रसाद ढकालको नेतृत्वमा 21 सदस्यीय कार्य समिति रहेको छ ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड  यूनियन सरकार ,राष्ट्रिय स्तरका ट्रेड  यूनियनबीच समन्वय र सहकार्य गरि निजामती सेवा ऐन÷नियम र कर्मचारीहरुका हकहितका पक्षमा वकालत गर्ने संस्थाको रुपमा स्थापित संस्थाहो । यस सेवासंग  सम्बन्धीत जुनसुकै समस्याको समाधान र ऐन ÷नियम लगायतका बिषयमा रचनात्मक एबं श्रृजनात्मक राय सुझाबहरु दिने कार्य यस संस्थाबाट गरिने ब्यबस्था छ । संस्थागत हितका लागी राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्बन्धी सम्पर्क र समन्वय गर्ने कार्यको जिम्मेवारी रहेको छ । कर्मचारीहरुको पिरमर्का एबं गुनासो लगायत अन्य बिषयमा वार्ता ,संवाद र छलफलद्धारा सामूहिक सौदावाजी गरी समाधान गर्ने महत्वपूर्ण जिम्मेबारी आधिकारिक ट्रेड यूनियनको रहेको छ ।

Recent Activities

26 Nov
2020

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचनको मिति सम्बन्धि

Read More
26 Nov
2020

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचनको मिति सम्बन्धि

Read More
26 Nov
2020

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको म्याद थप सम्बन्धमा

Read More
19 May
2021

Morang Press

Read More